काठमाडौं । चिनियाँ सरकारले दरवार हाईस्कुललार्य शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
चिनियाँ नयाँ वर्षका उपलक्ष्यमा यहाँस्थित चिनियाँ राजदूतावासले पोशाक, १० हजार थान मास्क, पाँँच सय लिटर स्यानिटाइजर, एक हजार ५०० कपी, दुई बाकस सन्दर्भ पुस्तक, बास्केट बल, टेबलटेनिस, ब्याटमिन्टनका लागि आवश्यक पर्ने ब्याट, र्याकेटलगायत सामग्री उपलब्ध गराएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा स्कुललाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो । सो कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थिती रहेको थियो ।
यसअघि पनि चिनियाँ दूतावासले उक्त विद्यालयलाई फर्निचरलगायत सामग्री सहयोग गरेको थियो । विसं २०७२ को भूकम्पबाट भत्केको उक्त विद्यालयको भवनको पुनर्निर्माण पनि चीन सरकारबाट नै भएको हो ।
Categorized in समाज