२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

दरवार हाईस्कुलमा रोबोटिक्स ल्याबरोटरी उद्घाटन


प्रकाशित: बुधवार, १६ चैत्र २०७८, २१ः०० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरको अनुदानमा दरवार हाईस्कुलमा निर्मित रोबोटिक्स ल्याबरोटरीको उद्घाटन गरिएको छ । 


काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले बुधवार एक कार्यक्रमविच ल्याबरोटरीको उद्घाटन गरेका हुन । काठमाडौं महानगरको ‘मेयर इनिसेटिभ डिजिटल नेपाल’ कार्यक्रम अन्तर्गत प्राप्त सहयोगले सो ल्याबरोटरी निर्माण गरिएको हो । 


सो अवसरमा प्रमुख शाक्यले नीजि विद्यालयसँग कुनै प्रतिस्पर्धा आवश्यक छैन, सामुदायिक विद्यालयले राम्रो गरेर अघि बढ्न सके सामुदायिक विद्यालयको भविष्य उज्जवल रहेको बताए ।


विज्ञान र प्रविधिसँग विद्यार्थीहरुलाई जोड्न महानगरले आवश्यक लगानी गरेको र थप लगानी गर्न परे महानगर पछि नहट्ने प्रमुख शाक्यले प्रतिवद्धता व्यक्त गरे । 

 


कार्यक्रममा महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले महानगरले सामुदायिक विद्यालयको भौतिक पुर्वाधार, शैक्षिक स्तरमा सुधार गर्न विभिन्न कार्यक्रमहरु ल्याएको उल्लेख गरे । उनले अहिले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको चाप बढेपनि पढाउने ठाउको अभावहरु देखिएको तथा सञ्चालन खर्चहरु बढि देखिएकोले विद्यालयहरुले व्यवस्थापनमा ध्यान दिनु पर्नेमा जोड दिए ।


सो अवसरमा दरवार हाईस्कुल भानु मा.वि.का प्रधानाध्यापक शारदा कुमारी पौड्यालले महानगरले दरवार हाईस्कुलका विद्यार्थीहरुलाई अहिलेको प्रविधिसँग जोड्न महानगरले गरेको सहयोगको लागि धन्यवाद ज्ञापन गरेकी थिईन । 

 


उनले विद्यालयको वर्तमान अवस्था र यसको आगामी योजनाहरुबारे संक्षिप्त चर्चा पनि गरिन । 

 


महानगरले सो ल्यावरोटरी निर्माणको लागि ३८ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेका थिए । सो आर्थिक सहयोग रोबोटिक्स सामग्ररीहरु १४ लाख ६ हजार ९ सय १८ मा स्मार्ट आई आइ टि ट्रेडिङ नयाँ बानेश्वरले उपलव्ध गराएका छन भने श्री सिद्धि गणेश इन्टरप्राईजेजले ६ वटा स्मार्ट बोड उपलव्ध गराएका छन । 

 


कार्यक्रममा दरवार हाईस्कुलका स्थापनादेखि बर्तमान अवस्थाबारे संक्षिप्त रुपमा डिजिटले बोर्ड मार्फत जानकारी समेत गरएको थियो ।


दरवार हाईस्कुल विद्यालय व्यवस्थाप समितिको अध्यक्ष गोपाल महर्जनको सभापतित्वका कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा काठमाडौ महानगर वडा २७ का अध्यक्ष चिनियाँ मान बज्राचार्य, वडा सदस्यहरु नरेशमान महर्जन, उर्मिला महर्जन, विद्यायलयका शिक्षिक, शिक्षिका लगायतको उपस्थिती रहको थियो । 


५०० भन्दा बढि विद्यार्थी अध्यन गरिरहेका यस विद्यालय भित्र भानु मा.वि. र संस्कृति मा.वि रहेको छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex