१२ श्रावण २०८१, शनिबार
Header

दरवारमार्ग ट्राफिकमा कार्यरत प्रहरी जवान मनमैजुमा मृत भेटिए


प्रकाशित: शनिवार, ५ जेठ २०८१, ०९ः४० बजे
- महानगरखबर

काठमाडौं । ट्राफिक प्रहरी कार्यालय दरवारमार्गमा कार्यरत प्रहरी जवान मनमैजुमा मृत भेटिएको प्रहरीले जनएको छ । 


प्रहरीका अनुसार शुक्रबार साँझ तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवान युवराज घिमिरे मृत भेटिएको हो । 


प्रहरी जवान घिमिरे मनमैजुस्थित निर्माधिण २ तले घरको तल मृत अवस्था भेटिएको काठमाडौं प्रहरी परिसरले बताएको छ । 


घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिएको र उनको अवस्था हेर्दा शंकास्पद देखिएको प्रहरीको भनाई छ । 


काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थलमा पुगेको छ ।


खोटाङ घर भएका घिमिरे सामाखुशीमा बस्दै आएका थिए । मनमैजुसम्म उनी कसरी पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex