२४ बैशाख २०८१, सोमबार
Header

दरवारमार्गमा हस्तकला व्यापार मेला सुरु (तस्वीरहरु)


प्रकाशित: विहिवार, २८ मंसिर २०८०, २०ः३० बजे
- रचना शाही खड्गी

काठमाडौं । काठमाडौंको दरवारमार्गस्थित होटेल डेल अन्नपूर्णमा हस्तकला व्यापार मेला सुरु भएको छ । 


विहिवारदेखि आगामी पुस २ गतेसम्म नेपाल हस्तकला महासंघको आयोजनामा २०औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगिता सुरु भएको हो । 


राष्ट्रपति रामचन्द्र पौडेलले महासंघ स्थापनाको ५१ औं वार्षिकोत्सव तथा १२ औं हस्तकला दिवसको अवसर उद्घाटन गरेका हुन । 

 


सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली हस्तकला विदेशी मुद्रा अर्जन गर्ने प्रमुख वस्तुका रूपमा भएकोले यसको प्रवद्र्धनमा सबैले ध्यान दिनु पर्ने बताए । 


महासंघका अध्यक्ष प्रचण्ड शाक्यका अनुसार नेपालबाट वार्षिक १२ अर्ब रुपैयाँको हस्तकलाका सामग्रीहरू निर्यात भइरहेको छ ।


उनले यस मेलाले हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुराउने विश्वास व्यक्त गरे । 

 


मेलामा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा आदि हस्तकला सामानहरूको प्रदर्शनी राखिएको छ । 


मेलामा करिब १ सय ३० वटा हस्तकलाका वस्तुका स्टलहरू रहेका छन । व्यापार मेला अवलोकन गर्नको लागि महासंघले एक सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।


जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूलाई हकमा भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेलामा विदेशी पर्यटकहरुको पनि उपस्थिती देखिएको थियो ।

 

 
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD