काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दरवारमार्गलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
कार्यालयले जेठ १७ गते देखि केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।
त्यस्तै, महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहालय दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरिएको हो ।
असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
सुचनाः

Categorized in स्थानिय