काठमाडौं । काठमाडौं महानगरले सडकको अव्यवस्थित पार्किङ हटाउने कामलाई नियमित गरेको छ ।
महानरले दरवारमार्गस्थित रहेको एकलाईन पार्किङ हटाएको छ । पार्किङ हटाएपछि दरवारमार्गका व्यवसायी भने आन्दोलित भएका छन ।
उनीहरुले एक्कासी पार्किङ हटाउँदा व्यवसायमा असर परेको बताउँदै आपत्ति जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखामा ध्यानाकर्षण गराउनुका साथै ट्राफिक प्रहरी, सडक विभाग र काठमाडौं महानगरपालिकासँग विगतमा भएको सहमति अनुसार एक लाइन पार्किङ गर्न पाउनु पर्ने व्यवसायीको माग छ ।
पार्किङ हटाउँदा कोरोना महामारी र लकडाउनका कारण थलिएर विस्तारै तंग्रिन लागेको दरबारमार्गको व्यापार व्यवसायमा नकरात्मक असर गर्ने उनीहरुले बताएका छन ।
यस अघि बागबजारको पार्किङ हटाउँदा पनि व्यवासयीहरुले पसलनै बन्द गरेर आन्दोलनमा उत्रेका थिए ।
Categorized in राष्ट्रिय