१४ बैशाख २०८१, शुक्रबार
Header

दरवारमार्गमा पनि अनुगमन टोलीको छापा


प्रकाशित: शुक्रवार, १० असोज २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं दरवारमार्गमा विहिवार आपूर्ति विभागले छापा मारेको छ । 


विभागले दरवारमार्गका विभिन्न पसलहरु, आउटलेटहरुमा मा छापा मारेको विभागले जनाएको छ । 


अनुगमनका क्रममा टोलीले दरबारमार्गस्थित बेन्ट्लीलाई २० हजार रुपैयाँ जरिवाना गराएको छ भने अन्य पसलेहरुलाई पनि कागजपत्रहरु नदेखाएकाले २० देखि ७० हजारसम्म जरिवाना गरेको विभागका अधिकारीले बताए । 


विमागका अनुसार दरवार्गको शेर्पा मलमा अनुगमन टोली पुगेपछि  पसललेहरु सटर बन्द गरेको भागेको थियो । 


त्यसैगरी टोलीले चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा पनि अनुगमनको क्रममा बिक्री गरेको सुपारीमा उत्पादन मिति र एक्सपाइरी डेट नभएको कारण ५० हजार रुपैयाँ जरिवाना गराइएको जनाएको छ । 


विभागले दरबारमार्ग, न्यूरोड, असन लगायत बजारमा रहेका सपिङ आउटलेट अनुगमनका लागि छ वटा समूह परिचालन गरेको जनाएको छ ।


यस अघि न्यूरोडको रन्जना कम्लेक्समा अनुगमन टोलीले छापा मार्दा व्यापारीहरुले उल्टै अनुगमन टोलीलाई नै घेराबन्दी गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD