२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

दरवारमार्गमा आज ‘नेशनल डे कन्सर्ट’, पार्किङ स्थल र रुट हेरौं 


प्रकाशित: विहिवार, ३ असोज २०८१, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । संविधान दिवसको उपलक्ष्यमा काठमाडौंको दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’को आयोजना हुँदैछ ।


आज बिहीबार अपराह्न ४ बजेदेखि सुरू हुने कन्सर्टमा विभिन्न फुड स्टलहरू हुनेछन र ५ बजेदेखि भने कन्सर्ट सुरू हुँदैछ ।


युवा लक्षित यस कन्सर्टमा एलिमेन्ट्स ब्यान्डले प्रस्तुति दिने छन । गायक स्वप्न सुमन, कुटुम्ब ब्यान्ड, सुगम पोखरेलले गाउने कार्यक्रम रहेको छ भने अन्तरा ब्यान्ड, दिपक लिम्बू, आनन्द कार्की, कुन्ति मोक्तान, देविका बन्दना, सुवानी मोक्तान लगायत कलाकारहरुले पनि प्रस्तुती दिने भएको छ ।


कार्यक्रम साढे ७ बजेसम्म हुने र त्यसपछि अतिशबाजी गरिने र कार्यक्रम समापन गरिने चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताएका छन ।


आज हुने कन्सर्टलाई ध्यानमा राखेर ट्राफिक प्रहरीले रुटको डाइभर्सन गरेको छ ।


कार्यक्रमका लागि विभिन्न ठाउँमा यस्तै १४ वटा स्थानमा पार्किङको व्यवस्था समेत गरिएको छ।


काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल, जयनेपाल र तीनधारा पाठशालाबाट कार्यक्रमस्थलतर्फ जाने सवारीसाधनहरू कार्यक्रम अवधिभर पूर्ण रूपमा डाइभर्सन गरिने भएको छ।


पहिलो चरणमा लैनचौरबाट केशरमहलतर्फ, नागपोखरी तल्लो मोडबाट जयनेपाल चोकतर्फ, कृष्ण पाउरोटीबाट जयनेपालतर्फ, कमलादी मोडबाट गणेशस्थानतर्फ, भोटाहिटीबाट जमलतर्फ र ठमेल संचय कोषबाट केशरमहलतर्फ डाइभर्सन गरिने कार्यालयले जनाएको छ ।


त्यस्तै दोस्रो चरणमा बालाजुबाट सोह्रखुट्टे हुँदै लैनचौरतर्फ, सामाखुशीबाट लैनचौरतर्फ, नारायणगोपाल चोकबाट खानीविभागतर्फ, सुकेधाराबाट विशालनगरतर्फ, गौशालाबाट रातोपुलतर्फ, माइतीघरबाट सिंहदरबार, भद्रकालीतर्फ, भद्रकालीबाट नागस्थानतर्फ र त्रिपुरेश्वरबाट नागस्थानतर्फ डाइभर्सन गर्ने जनाएको छ ।


पार्किङ स्थलहरुः 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex