काठमाडौं । दरवारमार्गस्थित मालीगाउँबाट स्रोत नखुलेका ९८ लाखसहित पक्राउ परेका २ जनालाई प्रहरीले सार्वजनि गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार बिहान समातेसँगै आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा बुटवलका २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विक हुन ।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुलाई बा १३ च ४८५८ नम्बरको गाडीमा सहित पक्राउ गरेको हो ।
दुवैजना यसअघि सुन तस्करीमा पक्राउ परेर छुटेको कार्यालयले जनाएको छ ।
Categorized in समाज