७ बैशाख २०८१, शुक्रबार
Header

दरवारमार्गको भिक्ट्री लाउन्ज डान्स रेष्टुरेन्टमा आगलागी


प्रकाशित: आईतबार, २६ असोज २०७६, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । दरबारमार्गको भिक्टी लाउन्जका सञ्चालकले आईतबार भएको आगलागीमा ८ करोड बढि क्षति भएको दावी गरेको छ । 


क्लबका सञ्चालकले प्रहरीसमक्ष क्षतिको ठूलो आँकलन प्रस्तुत गरेपनि प्रहरीले भने उक्त आकडालाई विश्वास गरेको छैन । 


काठमाडौं प्रहरी परिसर, टेकु स्रोतका अनुसार क्षति भएका सामानको विल र नष्ट भएका सामग्रीको रकमसहित यर्थाथ विवरण पुनः पेश गर्न भनिएको छ ।


विद्युत सर्ट भएर उक्त क्लवमा भीषण आगलागी भएको थियो । आगो काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत ८ दमकलको सहायतामा ३ घन्टापछि नियन्त्रणमा आएको थियो ।
घटनामा लाउन्ज पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।

 

 


 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD