४ भाद्र २०८३, बिहिबार
Header

दरवारमार्गका व्यवसायी आन्दोलित, एक घण्टा पसल बन्द


प्रकाशित: सोमवार, १५ फागुन २०७९, २०ः०० बजे 
- महानगरखवर

काठमाडौं । दरवारमार्गका व्यवसायी आन्दोलित भएका छन ।


सोमवार दिँउसो व्यवसायाहीरुले एक घण्टा पसल बन्द गरेर काठमाडौं महानगरले पार्किङ हटाएको विरोधमा प्रदर्शनमा उत्रेका थिए । 


दरबारमार्ग विकास बोर्डको नेतृत्वमा व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन । दरबारमार्ग विकास बोर्डले दरबारमार्ग क्षेत्रमा एक लाइन सवारी पार्किङ गर्न दिनुपर्ने माग राख्दै आएका छन । 


काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग महानगरले समन्वय गरी दरबारमार्गबाट पार्किङ हटाएपछि व्यवसायीहरु निरन्तर आन्दोलनमा छ । 


यस अघि पनि बोर्डले एक पत्रकार सम्मेलन गरेर एक लाईन सवारी साधान पार्किङ दिनु पर्ने माग राखेका थिए । गत पुसदेखि दरबारमार्गमा पार्किङ बन्द गरिएको थियो ।


आजको विरोध सांकेतिक मात्र भएको व्यवसायीहरुले बताएका छन । माग पुरा नभएसम्म आन्दोलन चरणबद्ध हुने जनाएका छन ।


महानगरले अहिले महानगरभित्रका सडक पार्किङहरु धमाधम हटाउँदै आएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex