काठमाडौं । काठमाडौंको दरवारमार्गस्थित नबिल बैंकको एटिएमबाट पैसा चोर्ने ५ चिनियाँ नागरिक पक्राउ परेको छ ।
प्रहरीले मध्यरातमा उनीहरुलाई पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन ।
प्रहरीका अुनसार उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद जनाएको छ ।
पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । उनीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने भएको छ ।
Categorized in समाज