काठमाडौं । प्रदेश न. १ को दमकमा विहानै आगलागी भएको छ । विद्युत सर्ट भई विहान दमक–५ स्थित मुगा होटलमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट करीब रु २० लाख बराबरको क्षति भएको छ । सोमबार बिहान ५ः३० बजेतिर अचानक पार्टी हलमा आगलागी भएको होटल सञ्चालक केदार बस्नेतले बाताएका छन् ।
आगलागीबाट हलमा भएका एसी, कुर्सी, टेबल, जिप्सनलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । आगलागी प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आईसकेको प्रहरीले जनाएको छ ।
Categorized in समाज