१२ बैशाख २०८१, बुधबार
Header

दक्षिण कोरियामा कोरोना भाईरसको त्रासमा ४४ हजार नेपाली


प्रकाशित: आईतबार, ११ फागुन २०७६, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । दक्षिण कोरियामा रहेका नेपालीहरु कोरोना भाईरसको त्रास बढेको छ । 


कोरियामा पनि यतिखेर कोरोना भाईरसको संक्रमण बढेपछि त्यहा रहेका ४४ हजार नेपाली प्रभावित बन्न पुगेको समाचारहरु प्रकाशित हुन थालेको छ । 


कोरियाको थेगु सहरका कोरोनबाट बढी प्रभावित रहेको कोरियाको सियोलस्थित नेपाली राजदूतावासले बताएका छन ।  यो शहरमा करिब १ हजार नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।


दूतावासका श्रम कन्सुलर डिल्लिराम बास्तोलाका अनुसार देशभर आइतबार मध्यान्हसम्म ५५६ जना संक्रमित भेटिएको छ भने ४ जनाको मृत्यु भएको छ ।


कोरिया सरकारले उच्च सतर्कता जनाउँदै नागरिकलाई सचेत बनाउने काम गरिरहेको छ । भीडभाडमा ननिस्कन भनेर सूचना जारी गरिरहेको छ । सार्वजनिक स्थानहरु सुनसान बन्दै गएका छन । 


आइतबार नेपाली दूतावासले पनि कामदारलाई सुरक्षित रहन र स्वस्थ्यमा समस्या आए नजिकको स्वास्थ्य संस्थामा पुगेर जाँच गराउन आग्रह गरेको छ ।


कोरियामा रहेका ४४ हजार नेपालीहरु समध्ये ३६ हजार ईपीएस भाषा परीक्षा पास गरेर कोरिया पुगेकाहरु छन भने विद्यार्थीसहित अन्य विभिन्न प्रक्रियाबाट त्यहाँ पुगेकाहरु पनि छन ।


थेगु र आसपासका शहरहरुमा करिब ७ हजार नेपाली कार्यरत रहेको अनुमान छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD