८ जेठ २०८१, मंगलबार
Header

दक्षिण कोरियामा एक नेपालीको मृत्यु


प्रकाशित: विहिवार, ६ मंसिर २०७५, ०९ः२० बजे
- विहिवार, ६ मंसिर २०७५, ०९ः२० बजे

काठमाडौं । दक्षिण कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको सियोलस्थित नेपाली दूतावासले जनाएको छ । 


मृत्यु हुनेमा उदयपुर कटारीका २० वर्षीय दीपक कार्की सुतेकै अवस्थामा बुधबार मृत्यु भएको हो ।  


कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मंगलबार राति खाना खाएर सुतेकै अवस्थामा मृत्यु भएको दुतावासले जनाएको छ । 


रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फतपाँच महिनाअघि मात्र भाषा परीक्षा पास गरी उनी कोरिया गएका थिए ।


मृतक कार्कीको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ ।


कोरियामा विभिन्न कारणले नेपालीहरुको मृत्यु हुने गरेको छ । रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत हाल कोरियामा करीब ३६ हजार नेपाली औद्योगिक तथा कृषि क्षेत्रमा काम गर्दै आएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD