१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

दक्षिण कोरियाको राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पारित


प्रकाशित: शनिवार, २९ मंसिर २०८१, १५ः४० बजे
- महानगरखवर

काठमाडौं । दक्षिण कोरियाको राष्ट्रपति यून सुक योलविरूद्धको महाअभियोग प्रस्ताव पारित भएको छ ।


सत्तारूढ पार्टीले समेत राष्ट्रपति यून विरुद्धमत हालेपछि  महाअभियोगको प्रस्ताव पारित भएको हो । 


२०४ मतले महाअभियोगको प्रस्ताव पारित भएको एशोसिएटेड प्रेस (एपी)ले जनाएको छ । विपक्षमा ८५ जनाले मत हालेका थिए ।


उक्त महाअभियोग प्रस्ताव पारित भएको सूचना संवैधानिक अदालतमा पुर्‍याइएपछि युनको राष्ट्रपतीय अधिकारबाट निलम्बनमा पर्नेछन ।  


अदालतले १८० दिनभित्र उनलाई पदबाट हटाउने वा पुनस्र्थापना गर्ने भन्ने फैसला दिनुपर्नेछ । अदालतले उनलाई निकालेको अवस्थामा ६० दिनभित्र अर्काे चुनाव गरेर नयाँ राष्ट्रपति चुन्नुपर्ने संवैधानिक व्यवस्था छ । 


महाअभियोग प्रस्ताव दुई तिहाई मतबाट पारित गर्नुपर्छ। ३०० सदस्यीय कोरियाको संसदमा राष्ट्रपति यूनको सत्तारूढ दल पिपल्स पावर पार्टी (पिपिपी) का १०८ सांसद छन भने विपक्षीका १९० सांसद छन । दुई तिहाईले महाअभियोग प्रस्ताव पारित हुन पिपिपीकै सांसदहरूले प्रस्तावमा मत हालेपछि पारित भएको हो । 


यस अघि राष्ट्रपति यूनले सैनिक शासन लगाउने आफ्नो निर्णय न्यायोचित भएको र राष्ट्रपति पदबाट राजीनामा नदिने भन्दै भाषण गरेका थिए । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex