२५ बैशाख २०८१, मंगलबार
Header

दक्षिण अफ्रिकामा कोरोनको कहर हटेको भन्दै रात्रिकालीन कर्फ्यु हटायो


प्रकाशित: शुक्रवार, १६ पुस २०७८, १०ः५० बजे
- महानगरखबर

काठमाडौं । कोरोना महामारीको जोखिम तत्काल टरेको भन्दै दक्षिण अफ्रिकाले रात्रिकालीन कफ्र्यु हटाएको छ ।


बीबीसीका अनुसार कोरोना महामारीको चौथो लहरको उच्चतम अवस्था सम्भवत अब टरेको विश्लेषण गर्दै रात्रिकालीन कफ्र्यू हटाइएको हो । 


दक्षिण अफ्रिकी सरकारका अनुसार कोरोनाको ओमिक्रोन भेरियन्ट बढी संक्रामक भएपनि पनि बिरामीहरु अस्पतालमा भर्ना हुने दर कम छ । साथै मृत्युका घटना पनि नगण्य छन ।


कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठनले त अझै पनि ओमिक्रोन ‘भेरियन्ट’को संक्रमणको सुनामी आउनसक्ने चेतावनी नै जारी गरेको छ ।


दक्षिण अफ्रिकामा २५ डिसेम्बरसम्म कोरोनाका ८९ हजार ७८१ नयाँ संक्रमित फेला परेका छन । त्यसको एक हप्ता अगाडि यो संख्या १ लाख २७ हजार ७५३ थियो ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD