काठमाडौं । अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई निष्कासित गरेको छ ।
अमेरिका र डोनाल्ड ट्रम्पप्रति ‘घृणा’ फैलाइरहेको आरोपमा राजदूत इब्राहिमलाई निष्काषित गरेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जानकारी दिएका छन ।
रुबियोले एक्समा लेखेका छन्, ‘दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान देश अमेरिकामा स्वागत छैन। इब्राहिम रसूल जातिवादी राजनीतिज्ञ हुन्, जसले अमेरिका र अमेरिकाका राष्ट्रपतिलाई घृणा गर्छन् ।’
अमेरिका र दक्षिण अफ्रिकाबीच बढ्दो तनावको बीच अमेरिकाले यो कदम चालेको हो ।
अफ्रिकाको एक कानुनी व्यवस्थाअनुसार श्वेत किसानहरूको जमिन जफत गर्न सकिने उल्लेख गर्दै ट्रम्पले दक्षिण अफ्रिकालाई दिंदै आएको सहायता रोक्ने निर्णय गरेका थिए ।
15 March 2025, Saturday
Categorized in अन्तर्राष्ट्रिय