१३ बैशाख २०८१, बिहिबार
Header

दक्षिणकाली नगरापालिकाले नगरवासीको निःशुल्क कोरोना बीमा गरिदिने


प्रकाशित: सोमवार, २४ कात्तिक २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरापालिकाले नगरवासीको निःशुल्क कोरोना बीमा गरिने भएको छ । 


नगरपालिकाका प्रमुख मोहन बस्नेतले नगरवासीमा कसैलाई संक्रमण भएको खण्डमा कोरोना बीमाले सहयोग पुराउने बताए । 


प्रमुख वस्नेतका अनुसार नगरपालिकाको तर्फवाट सहयोगबीमा गराउने निर्णय विपद् व्यवस्थापन समितिको बैठकबाट पारित भएकोले कार्यन्वयनमा आउने भएको हो । 


केन्द्र सरकारले तीन सय र नगरपालिकाले बाँकी तीन सय रुपैयाँ व्यहोर्ने गरी सबै नगरवासीको बीमा गर्ने तयारी गरिएको वस्नेताले जानकारी दिए । 


मेयर बस्नेतका अनुसार कम्तिमा पनि २५ देखि ३० हजार जनाको बीमा गराउनु पर्ने छ । उनले अब नगरवासीको पिसिआर परीक्षण पनि नगरपालिकाकै खर्चमा हुने बताए । 


बस्नेतले संक्रमित व्यवस्थापनको लागि आइसोलेसनको समेत व्यवस्थापन गरेको जानकारी दिँदै चाल्नाखेलस्थित २० बेडको आइसोलेसन सेन्टरलाई नै नगर स्तरीय कोभिड अस्पतालमा स्तरोन्नत्ति गरिएको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD