८ भाद्र २०८३, सोमबार
Header

दक्षिणकालीमा प्रमुख शाक्यबाट चन्द्रज्योती पार्कको शिलान्यास


प्रकाशित: शनिवार, १९ चैत्र २०७८, २१ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका विद्यासुन्दर शाक्यले दक्षिणकालीका चन्द्रज्योती पार्कको शिलान्यास गरेका छन । 


प्रमुख शाक्यले नगरपालिकाको वडा नं. ३ स्थित सेतीदेविमा पार्कको निर्माण शिलान्यास गरेका हुन । महानगरपालिको पहिलो चरणमा पार्क निर्माणको लागि ५० लाख प्रदान गरेको प्रमुख शाक्यले बताए । 

 


सो अवसरमा प्रमुख शाक्यले भने, ‘ काठमाडौं महानगरपालिका मात्र समृद्धि भएर हुँदैन, छिमेकी नगरपालिकाहरुलाई पनि समृद्धि बनाउनु पर्दछ भनेर हाम्रो नीतिहरु सहकार्यको हात बढाएका थियौ, त्यही अनुसार उपत्यकाका सम्पूर्ण नगरपालिकाहरुसँग हामीले सहकार्यको हात बढाएका छौ, त्यहाँको हरियाली जोगाउने, हरियाली जोगाउने, पार्कहरु निर्माण र त्यहाँको सम्पदाहरु निर्माणको लागि काठमाडौं महानगरपालिको सहकार्य गर्दै आईरहको छ ।’


पार्क निर्माण भएपछि स्थानीयस्तरमा रोजगारीको सिर्जना हुने, आन्तरिक पर्यटनमा बृद्धि हुने र आर्थिक समृद्धि तर्फ पनि अघि बढने प्रमुख शाक्यको भनाई थियो । 


यस अघि दक्षिणकाली मन्दिरको गेट निर्माण, पार्क निर्माणमा महानगरले २ करोड आर्थिक सहयोग सम्झौता गरिसकेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex