२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

दक्षिणकालीमा ट्रक दुर्घटना, २ जनाको मृत्यु


प्रकाशित: बुधवार, १४ माघ २०७७, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।


प्रहरीका अनुसार मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय मोहनलाल रुम्बा र सोही ट्रकका परिचालक अछाम घर भई काठमाडौं बस्ने २८ वर्षे गोमबहादुर बुढा हुन । 


उनीहरुको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


थाहाखेलबाट फर्पिङ आउँदै गरेको बा ३ ख ६१९९ नम्बरको ट्रक हनुमाने भन्ने स्थानमा गएराति साढे ८ बजे दुर्घटना भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex