काठमाडौँ । काठमाडौंको दक्षिणकालीमा काठमाडौं महानगरको आर्थिक सहयोगमा कलात्मकद्धार(गेट)को शिलान्यास गरिएको छ ।
मंगलवार काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले संयुक्त रुपमा गेटको शिलान्यास गरेका हुन ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले भने,‘ ‘हामीले काठमाडौँका सवै पालिकासँग सहकार्य गरेपछि भक्तपुरका २ वटा नगरसँग साझेदारी सहयोग ग¥यौँ । यसै गरेर एक प्रदेश एक भगिनी सहरको नीति लियौँ । त्यसअनुसार विभिन्न ५ वटा नगरसँग भगिनी सम्बन्ध स्थापना भएको छ । ती नगरलाई पनि पार्क निर्माण गर्न अनुदान सहयोग गरेका छौँ । पहिले लिएका नीति र कार्यक्रमलाई असर नहुने गरी थप सहयोग गर्न तयार छौँ ।’
जनताले उपभोग गर्ने वा जनताले लाभ पाउने कुरामा अस्वस्थ्य प्रतिस्पर्धा गर्न नहुने प्रमुख शाक्यको भनाई थियो ।
‘काठमाडौँ उपत्यकाका समस्याहरु एउटै छन । एउटा ठाउँलाई छोडेर अर्को ठाउँ मात्र विकास गर्छौँ, भनेर काम गर्दा खण्डीकृत हुन्छ । हामी उपत्यकाको एकीकृत विकास गर्न चाहन्छौँ । यसका लागि नगरहरुकाविचमा सहकार्य आवश्यक थियो । त्यो आवश्यकता पूरा गर्न काठमाडौँ महानगरले नेतृत्व गरिरहेको छ ।’ शाक्यले भने ।
सो अवसरमा दक्षिणकाली नगरका प्रमुख बस्नेतले काठमाडौँ महानगरले उदार भएर छिमेकी नगरको भौतिक समृद्धिमा सहयोग गरेको महानगरको प्रशंसा गरेका थिए ।
नगर साझेदारी कार्यक्रम अन्तर्गत भएको काठमाडौँको दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास भएको हो ।
दक्षिणकाली मन्दिरलाई व्यवस्थित गर्न ६ वटा क्षेत्रमा काम हुँदैछ । नगर—नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरबाट प्राप्त अनुदानबाट नगरपालिकाले यो परियोजना अगाडि बढाएको हो ।
यो बर्ष सञ्चालन हुने परियोजनाको लागत १ करोड २४ लाख रुपैयाँ रहेको थियो । खुल्ला प्रतिस्पर्धाबाट ठेक्केदारले ८६ लाख ३३ हजार रुपैयाँमा निर्माण कबोल गरेको छ ।
कार्यक्रमलाई काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ्, दक्षिणकाली नगरकी उपप्रमुख बसन्ती तामाङ् (डंगोल) ले सम्बोधन गरेकी थिईन ।
नगर साझेदारी कार्यक्रमअन्तर्गत प्राचीन दक्षिणकाली क्षेत्रमा पहिलो चरणको काम सकिएर दोस्रो चरणको काम थालनी भएको छ ।
Categorized in सम्पदा/संस्कृति