काठमाडौं । काठमाडौंको दक्षिणकालि नगरपालिका–३ फर्पिङको भन्ज्याङ फर्पिङमा स्कुल बस दुर्घटनामा भएको छ ।
आइतबार अपराह्न पौने ४ बजे भएको सो दुर्घट्नामा परि जुनकिरी इंग्लिस स्कुलको चालक ३५ बर्षका राधाकृष्ण मगर र ८ वर्षीय विद्यार्थी विपिन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार स्कुल बसमा ५० जना सवार रहेको थिए, बस सडकबाट ५० फिट तल खसेको थियो ।
४५ जना घाईत भएको प्रहरीको भनाई छ र घाइतेहरू मनमोहन अस्पताल फर्पिङ, कीर्तिपुर अस्पताल, ट्रमा सेन्टर, मेडिसिटी अस्पताल, दक्षिणकाली नगर अस्पताल, वयोधा अस्पताल, सहिद मेमोरियल अस्पताल, नर्भिक अस्पताल, स्टार अस्पतालमा उपचार भइरहेको छ ।
विद्यार्थी आइतबार खेलकुद सप्ताहको कार्यक्रम सकेपछि विद्यालयको बस विद्यार्थी छोड्न फर्पिङतर्फ जाँदै थियो ।
विद्यालयबाट छुटेको केही मिनेटमै बस दुर्घटना भएको थियो । जुनकिरी इंग्लिस बोर्डिङको बा१ क ५६६४ नम्बरको बस सडकबाट खसेका थियो । बसमा प्लेग्रुपदेखि कक्षा ६ सम्मका विद्यार्थी र शिक्षक सवार थिए ।
10 Ferbury 2025, Monday
Categorized in समाज