काठमाडौँ । थारु कल्याणकारीसभाले राजधानीमा विहिवार एक पत्रकार सम्मेलन गरेर २२ बुँदे घोषणापत्र सार्वजनिक गरको छ ।
सभाको असोज ७, ८ र ९ गते सम्पन्न भएको २२ औं राष्ट्रिय सम्मेलनबाट पारित भएको २२ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।
सो घोषणापत्रमा पहिचान र सामथ्र्यको आधारमा तराईमा तीन प्रदेशको माग गरेको छ ।
त्यसैगरी टीकापुर घट्नलाई राजनीतिक तवरबाट सम्बोधन गरिनुपर्ने, थारुवान संयुक्त सङ्घर्ष समितिसँग सरकारले गरेको सम्झौतालाई पालना गर्न लगाउने, ेशम चौधरीको रिहाइका लागि सरकारसँग वार्ता गर्ने, टीकापुर घटनाका बारेमा तयार पारिएका प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने लगायतका बुँदा समावेश गरिएको छ ।
सम्मेलनमा सभाका अध्यक्ष कर्णलाल चौधरीले वर्तमान संविधानले थारु तथा चौधरी समुदायका माग सम्बोधन नगरेको बताए ।
उनले थारु कल्याणकारिणीसभाको स्थापना थारु समुदायका राजनीतिक माग सम्बोधन गर्नका लागि भएकाो थियो तर राज्य अहिलेसम्म थारुका माग सम्बोधन गर्न गम्भीर नदेखिएको बतएका छन् ।
Categorized in समाज