२७ बैशाख २०८१, बिहिबार
Header

थापाथली – टेकुदोभानका १३ वटा सम्पदा हस्तारण गर्दै महानगर


प्रकाशित: शुक्रवार, २६ माघ २०८०, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको थापाथलीदेखि टेकुदोभान नदि किनारामा २०७२ सालको भूकम्पले भत्किएका सम्पदाहरुको पुनःनिर्माण सम्पन्न भएको छ । 


पुनः निर्माण सम्पन्न भएको १३ वटा संरचनाको सवलीकरण तथा पुननिर्माण सम्पन्न भइसकेकोले सरोकारवाला गुठी संस्थालाई हस्तान्तरण गरिने प्रक्रिया अघि बढेको हो । 


काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले ती सम्पदाहरु हस्तान्तरण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।  


बैठकमा उनले भननि, ‘विधि निर्माण गरेर प्रक्रियागत रुपमा आउने हो भने महानगरपालिकाले सम्पत्ति र दायित्वको जिम्मेवारी लिन्छ । यसका लागि कानुनी व्यवस्था स्पष्ट पारौँ ।’ 


‘मानवीय सभ्यता, परम्परा, संस्कार र संस्कृतिसँग जोडिएका ठाउँको मूल्य र मान्यता संरक्षण गर्ने दायित्व हाम्रो हो । हामी जोगाउँछौँ । हामीले ग्रहण गर्ने विषय निर्विवाद हुनुपर्छ ।’ उनले भनिन । 
पुनः निर्माण सम्पन्न भई हस्तान्तरणमा रहेका सम्पदाहरुमा त्रिपुरेश्वरमा रहेको धर्मशाला नेपाल प्रहरीले प्रयोग गरिरहेको छ । 


तीन देवल मन्दिर, नारायण सत्तल, शिव मन्दिर, सीताराम मन्दिर, हनुमान सत्तलको सवलीकरण भइसकेको छ ।  


बम बिकटेश्वर परिसरको सीमा पर्खाल लगाइएको छ । यसकै प्रवेश द्वार, चौघेरा सत्तल, पञ्चलिङ्गेश्वर मन्दिर, कृष्ण शुभद्रा मन्दिर, शिव मन्दिर सवलीकरण भइसकेका छन ।


दोस्रो चरणमा अन्तर्गत यी सम्पदाहरु ४८ करोड ६४ लाख १६ हजार १९२ रुपैयाँ लागतमा १३ वटा सम्पदा संरचना पुनःनिर्माण सम्पन्न भएका छन । यीमध्ये माथेमा सत्तल निजी गुठी हो । अहिलेसम्म यसका गुठीयार सम्पर्कमा आएका छैनन । 


एशियन विकास बैङ्कको ऋण सहायताबाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी सुधार परियोजना कार्यान्वयनमा ल्याएको हो । 


३ चरणमा कार्यान्वयन गरिएको परियोजनामा जीर्ण सम्पदाको पुनःनिर्माण, सवलीकरण (रेक्टोफिटिङ्), मर्मत सम्भार तथा सौन्दर्य वृद्धि गर्ने काम भइरहेको हो । यसमा लागतको ५० प्रतिशत नेपाल सरकारले व्यहोरेको छ । बाँकी ५० प्रतिशत एशियाली विकास बैङ्कको ऋण सहयोग हो ।


यस अघि पहिलो चरणमा पुननिर्माण तथा सवलीकरण गरिएका ११ वटा संरचना गुठी संस्थानलाई हस्तान्तरण भइसकेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD