१६ चैत्र २०८०, शुक्रबार
Header

थापाथलीदेखि टेकुदोभानसम्म सांस्कृति पदयात्रा !


प्रकाशित: आईतवार, २७ असार २०७८, २०ः१६ बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले वागमती सम्पदा मार्ग पुस्तक सार्वजनिक गरेको छ । 


महानगरको वडा ११ कार्यालय, व्रिटिस काउन्सिल र स्टोरी साइकलले अंग्रेजी र नेपाली भाषामा पुस्तक प्रकाशनमा ल्याएको पुस्तक महानगरको नवौँ अधिवेसनको छैटौँ बैठकमा सार्वजनिक गरिएको छ ।


सो पुस्तकमा थापाथलीदेखि टेकुदोभानको सांस्कृतिक पद यात्राको कल्पना गरेर यसैसँग सम्बन्धित मूर्त अमूर्त सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक विषय उल्लेख गरिएको छ । 


इतिहास, धर्म, संस्कृति र सम्पदालाई सामाजिक जीवनका कथासँग जोडेर पुस्तकबाट यात्रालाई रोचक बनाउन प्रयास गरिएको छ ।


महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत र वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । 


पुस्तकमा त्यस क्षेत्रमा भएका मानव निर्मित प्राचीन भौतिक संरचना, तिनको बनावट र महत्वसँग प्राकृतिक सम्पदाको साइनो खोजिएको छ । यी विषयको खोजी गर्दा प्रमाणित तथ्यसँगै प्रामाणिक अभिलेख नभएका जनश्रुति र कथनलाई आधार बनाइएको छ ।


पुस्तकको अधिकांंश भागमा थापाथलीदेखि टेकुसम्म भएका सम्पदाको चर्चा गरिए पनि यसको मुल आधारका रुपमा बागमती नदीको मुहान बागद्वारसम्म जोडिएको छ । 


यस्तै उपत्यकाका सहायक नदी, सहरी सभ्यता, सामाजिक र सांस्कृतिक जीवन, प्राकृतिक र मानव सिर्जित सम्पदाको साइनो खोजिएको छ ।


यसविचको २ किलोमिटर दुरीभित्र भएका भकारी, अखडा, मन्दिर, घाट, देवलका चाखलाग्दा पक्षलाई कलाकारिता, सभ्यता र पर्यटनबाट उजागर गर्न पुस्तक उपयोगी हुने देखिन्छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD