काठमाडौँ । थानकोट प्रहरी निरिक्षक भुपेन्द्र गिरीलाई ४० हजार घुस दिन खोज्ने एक पक्राउ परेका छन ।
झापाका अभिषेक कार्कीले प्रहरी निरिक्षक गिरीलाई घुसको अफर गरेपछि उनी पक्राउ परेका हुन ।
बुधवार गिरीलाई कार्कीले रु ४० हजार दिन्छु, घटना मिलाइदिनुप¥यो भन्दै तत्काल रु १० हजार दिँदादिँदै उनी पक्राउ परेका थिए ।
कालिकोटका थुनुवा नवीन शाही ठकुरीलाई भेट्न जाँदा उनका भाइ पुजन बम ठकुरीले चाउचाउको खोलभित्र लागुऔषध ल्याएको भेट्टाएपछि प्रहरीले बमलाई पक्राउ गरेको थियो ।
कार्कीलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अख्तियारको टोलीले उनको साथबाट रु एक लाख २० हजार नगदसमेत बरामद गरेको छ ।
Categorized in समाज