५ भाद्र २०८३, शुक्रबार
Header

थानकोटबाट लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ 


प्रकाशित: शुक्रबार १४ मंसीर, २०७५ ०९ः०० बजे
- महानगरखबर


काठमाडौँ । थानकोटबाट प्रहरीले लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

  
महानगरीय प्रहरी वृत्त थानकोटले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर१एच ६९०८ नंको भारतीय कार जाँचका क्रममा लागुऔषधसहित भारत विहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५वर्षीय करण सहनीलाई बिहीबार राति पक्राउ गरेको हो । 
महानगरीय प्रहरी प्रभागका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहका अनुसार कारको सिटमा रहेको जेब्रा झोलामा लुकाइछिपाइ लागुऔषधी भेटिएको हो । 


प्रहरीले ६९५ एम्पुल डाइजेपाम, ६९६ एम्पुल नुर्फिन र ४९५ एम्पुल फेनार्गन गरी एक हजार ८८६ एम्पुल लागुऔषधका साथै वाइन सिरेफ सात बोत्तलसमेत बरामद गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex