११ भाद्र २०८३, बिहिबार
Header

थप ९ जना संक्रमित थपिए, टेकुबाट चार जना डिस्चार्ज


प्रकाशित: विहिवार, ८ जेठ २०७७, १६ः३५ बजे
- महानगरखबर

काठमाडौं । रुपेन्देहीमा एक जना र झापमा ८ जना गरी ९ जना कोरोना संक्रमित थपिएका छन । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार रुपेन्देहीमा २७ वर्षिय पुरुष, झापामा देखिएका संक्रमितहरु १७ वर्षदेखि ५५ वर्ष उमेरका रहेका छन ।  


संक्रमितको संख्या ४५३ पुगेको छ । 


आजै चार जना कोरोना संक्रमित टेकुको शुक्रराज ट्रपिकल अस्पतालवाट निको भएर डिस्चार्ज भएका छन ।


निको हुनेहरुममा २३ वर्षिय महिला, ३७ वर्षिय पुरुष, २५ वर्षिय महिला र २७ वर्षिय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका देवकोटाले उनीहरु नौ दिनको उपचारपछि उनीहरु डिस्चार्ज भएको बताए । यो सँगै निको हुनेहरुको संख्या ४९ पुगेको छ । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex