काठमाडौं । नेपाली कांग्रेसको थप १८ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन ।
बागमती प्रदेशबाट खुलातर्फ ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी निर्वाचित भएका छन भने महिलातर्फ उर्मिला नेपाल केसी निर्वाचित भएकी छिन ।
निर्वाचन समितिका अनुसार मंगलबार सकिएको मतगणनाबाट मधेसीतर्फ ९, प्रदेश १ का ३, बागमतीका ३ र मुस्लिमतर्फ ३ जना निर्वाचित भएका हुन ।
मधेसी खुलातर्फ अजय चौरसिया, विनोद चौधरी, चन्द्रमोहन यादव, दिनेशकुमार यादव र महेन्द्रकुमार राय निर्वाचित भएका छन भने महिलातर्फ मक्ताकुमारी यादव, मिनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव निर्वाचित भएकी छन ।
त्यसैगरी प्रदेश १ को खुलातर्फ अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन र महिलातर्फ महेन्द्रकुमारी लिम्बु निर्वाचित भएकी छन ।
मुस्लिम खुलातर्फ अब्दुल रज्जाक र अब्दुल सतार निर्वाचित भएका छन । महिलातर्फ जावेदा खातुन जागा निर्वाचित भएकी छन ।
Categorized in राष्ट्रिय