१४ बैशाख २०८१, शुक्रबार
Header

थप १७ जनामा कोरोना संक्रमण पुष्टि


प्रकाशित: विहिवार, ८ जेठ २०७७, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । झापा, धनकुटा र सुनसरीमा १७ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


विहिवार मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार झापाको कचनकवल गाउँपालिक वडा नं. ३ , ६ , ८ का १६ जना पुरुषहरु संक्रमित भेटिएका हुन । 


त्यसैगरी धनकुटामा एक पुरुष र सुनसरीको धरान उपमहानगरपालिका एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १८ देखि ४६ वर्ष उमेरका छन । 


यो संगै नेपालमा संक्रमितहरुको संख्या ४४४ जना पुगेको छ । निको ४५ जना भएका छन भने दुई जनाको मृत्यु भईसकेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD