९ भाद्र २०८३, मंगलबार
Header

थप खोप किन्न विश्व बैंक सँग २ अर्ब १४ करोडको ऋण सम्झौता 


प्रकाशित: शुक्रवार, १३ फागुन २०७८, १६ः५० बजे
- शुक्रवार, १३ फागुन २०७८, १६ः५० बजे

काठमाडौं । सरकारले कोभिडविरुद्ध खोप विश्व बैंकसँग  २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । 


पाँच वर्षभन्दा माथिका सबै नेपालीलाई खोप व्यवस्था गर्न उक्त ऋण सम्झौता भएको मन्त्रालयले जनाएको छ ।  


शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरे ।


सो अवसरमा अर्थ सचिव मरासिनीले भने, ‘यस दोस्रो अतिरिक्त वित्तपोषणले बालबालिकाहरूमा खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा प्रदान गर्नेछ ।’


ऋण सम्झौतामा हस्ताक्षर गर्दै विश्व बैंकका नेपाल, माल्दिभ्स एवम् श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकले दिन लागेको थप ऋण सहायताबाट नेपालको ठूलो जनसंख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गरे ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex