२९ मङ्सिर २०८१, शनिबार
jyapu diwas 1145 AD

थँहिति मानन्धर गुथिद्धारा बालाचःह्रे जात्रा तालिका सार्वजनिक


प्रकाशित: शुक्रवार, १४ मंसिर २०८१, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । हिजो विहिवार काठमाडौंमा थँहति मानन्धर गुथिले बालाचःह्रे जात्रा व्यवस्थापन र जात्रा कार्यतालिकाबारे जानकारी दिएका छन । 


लिच्छवीकाल देखि मनाउदै आएको  साँकृतिक , मौलिक परम्परागत जात्राको बारेमा प्रचार गर्ने उदेश्यले आयोजित पत्रकारसँगको छलफलमा जात्राबारे चर्चा गरेका थिए ।


सो अवसरमा गुथिका उपाध्यक्ष लक्ष्मीदास मानन्धर, सचिव गौतम मानन्धर लगायतले जात्रबारे बताएका थिए ।


आजबाट लुती (  बालचः  र्हे. इन्द्रायणी ) अजिमा जात्रा सुरु भएको छ ।  प्रत्येक वर्ष बालाचतुर्दशीका दिन क्षेत्रपाटी विष्णुमती किनारमा अवस्थित तीन तले इन्द्रायणी ( लुती )अजिमाको मन्दिर अगाडी जीवित सर्प , चरा र माछाका जोडी आगोमा दहन गर्दै जात्रा मनाइन्छ ।


जात्रा तालिकाः

 


जात्राको इतिहासः


लुती ( इन्द्रायणी ) अजिमा जात्रा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन क्षेत्रपाटी विष्णुमती किनारमा अवस्थित तीन तले इन्द्रायणी ( लुती )अजिमाको मन्दिर अगाडी जीवित सर्प  , चरा र माछाका जोडी आगोमा दहन गर्दै बीभत्स जात्रा मनाइन्छ । 


वि. सं १०५ मै राजा गुणकामदेवले काठमाडौ नगरलाई मन्जुश्रीको खड्गाकार आकृति आपने को स्थापित अष्टमातृका पीठमध्ये लुती अजिमा ( इन्द्रायणी ) एक मानिन्छ ।

 
धेरै सन्तानका आमा इन्द्राणीलाई पाहाच्र्हेमाआफ्नै दिदी – बहिनीले हेला गरेको प्रतिसोध स्वरूप बाटोमा भेटेको फर्सी बात सुन प्राप्तपछि लुतीमरु अजिमा भनिएको ह।  कछलागा त्रियोदशी ( बाला चर्हे एक दिन अघि ) त्यौडको  


द्यःछें ( थकुचुक ) बात जात्रा सुरु हुन्छ।  थकुजुजु थकाली द्वारा राती गुह्य तान्त्रिक पूजा गर्ने र होमकुण्डमा जिवितै एक जोडी चराका जोडीमा एउटालाई आगोमा र अर्कोलाई आकाशमा, एक जोड़ी माछामा एउटालाई पानीमा र अर्को पानीमा , एक जोडी सर्पमा एउटालाई आगो र अर्कोलाई जमिनमा छाडिन्छ । काठमाडौँ नगरलाई थँहिटी र   को हिटी गरी दुई भागमा छुट्याएको छ । बालाच्र्हेमा हुने लुती अजिमा जात्रा थहिटी वासीको प्रमुख जात्रा भनिन्छ ।     अजिमाका साथ क्षेत्रपाटीको स्वाछफ्व गणेश , धोबीचौरको भ्वरि गणेश, मजिपाःको ज्वालामाइ, नरदेवीको माँखचालाइ खटयात्रा गर्दै थँहिटीमा बृहत् पूजा लिइन्छ, भने औशीसम्म जात्रा रहन्छ ।


पत्रकारः बुद्धशरण शाही
 

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex