३१ श्रावण २०८३, आइतबार
Header

त्रिशुलीमा टयाक्सी खस्दा ५ जनाको मृत्यु, एक बेपत्ता 


प्रकाशित: शनिवार, १७ चैत्र २०८०, १०ः१०बजे
- महानगरखवर

काठमाडौं । शनिबार (आज) विहान काठमाडौंबाट गोरखा यात्रु लिएर गएको एक टयाक्सी त्रिशुलीमा खस्दा ५ जनाको मृत्यु भएको छ । 


बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको थियो ।


जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो दुर्घट्नामा परि मृत्यु हुनेहरुमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन ।


ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको प्रहरीले बताएको छ । 


वेपत्ता हुनेमा सोही वडाका १८ वर्षीय दिवस रोकाय छन । उनको खोजीका लागि दुर्घटनास्थलमा टोली खटिइरहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex