काठमाडौं । कीर्तिपुरको त्रिवि स्मृति हलपछाडि झाडीमा चितुवा लुकेको चितुवालाई नियन्त्रणमा लिने प्रयास असफल भएको छ ।
मानिसहरुको घुईंंचो देखेर आतंकित चितुवा टहरोको पछाडि बारीको झाडीमा डरले लुकेको चितुवालाई लठ्याउने सुई हान्न प्रहरी निरीक्षक तिलक बमले झाडी हल्का चितुवा आत्तिएर झाडीमा निस्केर भाग्ने सुरक्षित बाटो खोजको प्रत्यक्ष लाइभ रहेको पत्रकार विरेन्द्र शाक्यले बताए ।
चितुवा त्रिवि उपकुलपतिको कार्यालय नजिकको जंगलतिर भाग्ने क्रममा चितुवाको बाटोमा लाठी लिएर बसेका असई सुरेन्द्रप्रसाद यादवलाई उफ्रेर झम्टिन पुुगे ।
घटनाबारे डिएसपी डिएसपी राजु लामाले संवाददातासंग संक्षिप्त कुरा गर्दै भन्नुभयो, ‘असईको ज्यानमाथि खतरा देखेपछि बचाउनु मेरो पहिलो कर्तब्य थियो । आफूतिरै अघि बढ्ने खोजेपछि म आफ्नो पोजिसनमा बसिसकेको थिए ।’
चितुवाको आक्रमणमा परेका असई सुरेन्द्रप्रसाद यादवको दाहिने पाखुरा र छातिमा नङग्राले सानो चोट लागेको छ ।
वन विभागको टोलीकाअनुसार करिब साढे तीन चार महिनाको चितुवा थियो । यसअघि त्रिविका जंगलतिर माउसंगै देखिने बच्चाहरु हुर्केर आफै सिकार गर्न सक्ने भएका थिए ।
त्रिवि सडकमा यसअघि बाईकमा सवार युवा चितुवासंग ठोक्किई घाईते भएको घटना पनि धेरै भएको छैन ।
बीचमा धेरैले बाटोमा चितुवा देखे, भेटेका कुरा सामाजिक सञ्जालमा आईरहेकै हो । बागवानीपछाडिको झाडीमा चितुवाको बसोबास रहेको र राती अ‘ध्यारोमा आहाराको कुकुर, खुल छोडेका गाई बाच्छो खोजीमा आयुर्वेदिक अस्पताल, क्रिकेट मैदान हुँदै त्रिवि परिसर डुल्ने गरेका तथ्य पुष्टि भैसकेको छ ।
Categorized in स्थानिय