काठमाडौं । सोमवार दिउँसो करिब साढे २ बजेतिर त्रिविको घना जंगलमा आगलागी भएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आगो भने नियन्त्रणमा लिएको छ ।

करिब एक घन्टाको प्रयासपछि जंगलमा फैलिएको आगो नियन्त्रणमा लिन नीलबाराही गणबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको विपद् टोली सफल भएको थियो ।
आगलागीको खबर आएपछि कीर्तिपुर प्रहरी वृत्त प्रमुख डिएसपी राजु लामा टोलीसहित आफै घटनास्थल पुगेका थिए ।

जंलगमा फैलिएको आगो नियन्त्रणपछि पनि फेरि नफैलियोस् भन्ने उद्देश्यले काठमाडौं महानगरपालिकाको जुध्द बारूणयन्त्रको दमकल बोलाई पुरै आगो निभाईएको डिएसपी लामाले जानकारी दिनुभयो ।
आगलागीको कारण बाटो हिंड्ने कसैले चुरोटको ठुट्टा फालिदिएको हुनसक्ने लामाको भनाई छ ।

Categorized in स्थानिय