काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सुरु भएको छ ।
निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार सोमवार बिहान ८ बजेपछि मतदान सुरु भएको हो ।
निर्वाचनमा नेविसंघबाट दीपक जोशी, अखिलबाट सिद्धान्त भट्ट, अखिल क्रान्तिकारीबाट प्रवीन दाहालका साथै पद्मा भुसाल र उज्ज्वल खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
इल्क्ट्रोनिक मतदान भइरहेको त्रिवि विश्वविद्यालय क्याम्पसमा ६ हजार मतदाता रहेका छन् । मतदान अपराह्न ४ बजेसम्म हुनेछ ।
31 March 2025, Monday
Categorized in राष्ट्रिय