१७ बैशाख २०८१, सोमबार
Header

त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपल कार्यालय तोडफोड


प्रकाशित: विहिवार, १९ पुस २०८०, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । क्रिकेट खेलाडीको नामवाली सिफारिसको विषयलाई लिएर विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपल कार्यालय तोडफोड गरेका छन ।


आगामी माघको पहिलो साताबाट हुन गईरहेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८० को लागि सिफारिस गरिएको खेलाडीको नामावलीको विषयलाई लिएर तोडफोड गरेका हुन ।


प्रतियोगितामा सहभागी हुने १८ जना खेलाडी, एक जना मेनेजर, दुई जना प्रशिक्षकको नामावली बागमती प्रदेश क्रिकेट संघलाई सिफारिस गरेको थियो । 


बुधवार बुधवार विद्यार्थीहरुले सोही सिफारिसमा आपत्ति जनाउँदै विद्यार्थीले तोडफोड गरेका हुन । 


विद्यार्थीहरुले प्रिन्सिपल ध्यानेन्द्र बहादुर राईको कार्यकक्षमा भएको कागजात छरपस्ट बनाउनुको साथै टेबलको सिसा फुटाएका छन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD