काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाट ठगी मुद्दाका फरार आरोपी पक्राउ परेका छन ।
शुक्रवार दिउँसो फरार भएका ठगी मुद्दाका आरोपी सनसरीका ३० वर्षीय रिजवान आलमलाई नक्सालस्थित होटल मेरियटबाटे उपत्यका अपराध अनुसन्धान प्रहरी बानेश्वरको टोलीले नियन्त्रणमा लिएका छन ।
आलमलाई फ्लाई दुबईको विमानबाट आएका आलमको पासपोर्टमा ‘अराइभल’ छाप लगाउने क्रममा शंकास्पद देखिएपछि कर्मचारीले प्रहरीलाई खबर गर्ने क्रममा उनी फरार भईसकेका थिए ।
प्रहरीका अनुसार रिजवानमाथि पाइलट पढाइदिने भन्दै एक करोड रुपैयाँ बढी ठगी गरेको अभियोग छ ।
दाउद हुसेन नामक व्यक्तिको जाहेरीले उनीसहित ११ जना रहेको मुद्दामा उनीहरुलाई पक्राउ गर्न भन्दै २७ फागुन २०७८ मा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको छ ।
हाल आलमलाई हाल प्रहरी वृत्त गौशालामा राखिएको छ ।
Categorized in समाज