१९ बैशाख २०८१, बुधबार
Header

त्रिभुवन विमानस्थालबाट २ सय ७ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ


प्रकाशित: मंगलबार, १६ असोज २०७५, १४ः३० बजे
- महानगरखबर

काठमाडौं । त्रिभुवन विमानस्थालबाट २ सय ७ ग्राम अवैध सुनसहित भारतीय नगारिक विडेश भुनियालाई पक्राउ गरेको छ ।


प्रहरी चेकजाँचको क्रममा उनलाई लुकाई छिपाई राखेको अवस्थामा औंठी २ थान, साँचो २ थान, गोलाकार आकारको रिङ ३ थान र सिक्री २ थानमा रहेको उक्त परिणामको सुन बरामद भएको हो ।


प्रहरीका अनुसार सो सुन करीब १० लाख २५ हजार मुल्य बराबरको रहेको जनाएको छ । 


उनी थाई एयरको टिजी ३१९ को उडानद्धारा बैंककबाट काठमाडौं आएका थिए । प्रहरीले उनलाई सो अवैध सुन सहित सोमबार पक्राउ गरेको हो । 


प्रहरीले उनलाई आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भंसार कार्यालयमा पठाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD