२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

त्रिभुवन विमानस्थालबाट सुनसहित एक जना पक्राउ


प्रकाशित: आइतवार, ७ माघ २०८०, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । आइतवार त्रिभुवन विमानस्थालबाट सुन सहित एक जना पक्राउ परेका छन । 


विमानस्थलबाट ४९९ ग्राम सुनसहित झापाका २३ वर्षीय खगेन्द्र दर्जी पक्राउ परेको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बताए । 


बिहान १० बजे कतार एयरबाट दोहा हुँदै काठमाडौं आएका विमानस्थल भन्सार चेकिङका क्रममा उनी पक्राउ परेको हो ।


सोमवारदेखि सशस्त्र प्रहरी बलको टोली भन्सार चेकिङमा खटिएको छ । यसअघि सामान चेकिङमा निजी कम्पनीका सुरक्षाकर्मी खटिने गरेका थिए । 


अहिले सशस्त्र प्रहरी बल र भन्सारका कर्मचारीको टोलीले चेकिङ गर्न थालेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex