१८ बैशाख २०८१, मंगलबार
Header

त्रिभुवन विमानस्थलमा ५ बर्ष बढि बसेका ५४ प्रहरीको सरुवा


प्रकाशित: विहिवार, १ चैत्र २०८०, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ बर्षभन्दा बढि कार्यरत ५४ प्रहरी कर्मचारीहरू सरुवा भएका छन ।   


काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार आवश्यकताको सिद्धान्त अनुसार उक्त सरूवा गरिएको हो । 


रानीपोखरी प्रहरी प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीका अनुसार प्रहरी कर्मचारीहरूलाई एकै ठाउँमा लामो समय राख्नुभन्दा विभिन्न क्षेत्रमा खटाउने प्रावधान रहेकोले सरुवा गरिएको हो । 


विमानस्थलमा विशेषगरी एसइई परीक्षा पास भएको र अंग्रेजी भाषा बोल्न सक्नेहरूलाई पठाउने गरिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD