७ जेठ २०८१, सोमबार
Header

त्रिभुवन विमानस्थलबाट ४ थान बालासहित एक महिला पक्राउ


प्रकाशित: मंगलवार, २७ कात्तिक २०७५, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ थान सुनको बालासहित एक महिला पक्राउ परेको प्रहरीले जनाएको छ । 


हिमालय एयरको उडानद्वारा कतारबाट काठमाडौं आगमन भएका सिराहा मिर्चैया नगरपालिका–२ घर भएकी रुवी कुमारी महतोलाई अवैध रुपमा लुकाई छिपाई लैजान लागेको १ सय ९९ ग्रामको सुनको वाला ४ थान सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । 


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा प्रहरीले जाँच गर्नेक्रममा भन्सार छली अवैध रुपमा लुकाई छिपाई लैजान लागेको उक्त परिमाणको सुन सहित उनलाई फेला पारी पक्राउ गरेको हो । 


पक्राउ परेकी रुवीलाई प्रहरीले थप आवश्यक अनुसन्धान एवं कार्वाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD