१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

त्रिभुवन विमानस्थलको सीसीटिभी फुटेज स्टोरेज क्षमता ९० दिनसम्म बृद्धि गरिदैं


प्रकाशित: मंगलवार, १० पुस २०८०, १७ः१० बजे
- महानगरखबर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका सिसिटिभी फुटेजको स्टोरेज क्षमता बृद्धि गरिने भएको छ । 


९० दिनसम्म राख्न मिल्ने गरी स्टोरेज वृद्धि भइरहेको विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताएका छन । 


मंगलबार एक विज्ञप्ति जारी गरेर उनले सीसीटिभी फुटेजको स्टोरेज बृद्धि गर्न लागेको जानकारी दिए । 


‘१६ टिबी क्षमताको ३६ वटा हार्डडिस्क जडान गर्न सुरूमा केही समय लाग्न गएकोले केही सिसिटिभीको स्टोरेज २१ दिनभन्दा बढी नभएको प्रतिवेदन र समाचारमा आएको सन्दर्भमा यसको क्षमता विस्तारको कार्य सुरू गरिएको ९० दिन नै नपुगेकोले विस्तार गर्ने क्रममा तत्कालीन अवस्थामा केहीको २१ दिन भएता पनि अहिले यो बढ्दै केहीको ६१ दिन क्षमता विस्तार भइसकेको छ भने बाँकी पनि क्रमशः बढ्ने क्रममा रहेको छ,’ तिवारीले भनेका छन ।  


गत मंसिर २१ गते फ्लाई दुबईमार्फत् आएका चन्द्र घलेले ल्याएको १४ किलो सुन बरामद भएपछि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

 
सो समितिले अनुसन्धान गर्न प्राधिकरण कार्यालयसँग सिसिटिभी फुटेज माग गर्दा प्राधिकरणले २१ दिनसम्मको मात्रै फुटेज उपलब्ध गराउँदा अनुसन्धानमा समेत जटिलता आएको थियो ।  


यसबारे समाचारहरू प्रकाशन भएपछि उड्डयन कार्यालयले मंगलबार विज्ञप्ति जारी गरेको हो । 


विमानस्थलमा ५०० भन्दा बढी संख्यामा सिसिटिभी क्यामेरा जडान गरिएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex