काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्ष अवधिमा १२ अर्ब ८६ करोड ६६ लाख आम्दानी गर्न सफल भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको आर्थिक वर्ष २०८०/८१ को उक्त आम्दानी हो ।
अरु विमानस्थालहरुमा पोखराले ३४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ भने यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वार्षिक आम्दानी २१ करोड १३ लाख रुपैयाँ रहेको छ ।
हरौ अन्य विमानस्थलको आम्दानी
४) विराटनगर विमानस्थलको बार्षिक आम्दानी १७ करोड ५६ लाख
५) नेपालगञ्ज विमानस्थलको १३ करोड ११ लाख
६) चन्द्रगढी विमानस्थलको ८ करोड १७ लाख
७) धनगढी विमानस्थलको ६ करोड ५६ लाख
८) भरतपुर विमानस्थलको ६ करोड ३९ लाख
९) लुक्ला विमानस्थलको ६ करोड २३ लाख
१०) जनकपुर विमानस्थलका ६ करोड १२ लाख आम्दानी रहेको छ ।
सबैभन्दा कम आम्दानी लामिडाँडा विमानस्थल कार्यालयको छ । यो विमानस्थलबाट एक वर्षमा ४ सय ७४ रुपैयाँमात्र आम्दानी भएको छ ।
3 January 2025, Friday
Categorized in प्रबिधि