१२ बैशाख २०८१, बुधबार
Header

त्रिपुरेश्वर महादेव मन्दिरको सत्तलमा संगीत कलेज खोल्ने तयारी


प्रकाशित: सोमबार, ९ मंसिर २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले त्रिपुरेश्वर महादेव मन्दिरको सत्तलमा संगीत कलेज खोल्ने तयारी गरेको छ । 


केयूले गुठी संस्थासँग बार्षिक १५ हजार रुपियाँ भाँडा तिर्ने गरी ३० बर्ष सम्म भोगचलन गर्ने गरी कलेज खोल्ने सम्झौता गरेको संस्थाका सुचना अधिकारी सरोज थपलियाले बताएका छन । 


अनलाईन खवरडटकममा सोमबार प्रकाशित समाचार अनुसार उक्त सम्झौताको स्थानीय र सम्पदाप्रेमीले विरोध गरेका छन । सम्पदा अभियान्ता गणपतिलाल श्रेष्ठले शिक्षको नाममा संस्कृति सम्पदा मास्ने कार्य भएकोले सोको बिरोध हुने बताएका छन ।


सांस्कृतिक सम्पदालाई असर पर्ने गरी कलेज खोल्न नमिल्ने स्थानीय तथा सम्पदाप्रेमीहरुले तर्क प्रस्तुत गरेका छन । 


यता केयुकी प्रोजेक्ट अफिसर पूजा अमात्यले केयूले संगीत विभाग खोल्न सत्तल भाडामा लिएको र भूकम्प आउनु अगाडि नै कलेज खोल्नका लागि गुठी संस्थानसँग सम्झौता गरेको बताएकी छिन । 


सम्पदाप्रेमीहरुले केयूले पुरातात्विक सम्पदाभित्र क्याम्पस सञ्चालन गर्नको लागि मन्दिरसँगै सत्तल पनि पुनर्निर्माण गर्नको लागि भन्दै कब्जा गरेको गुनासो गरेका छन ।


गुठी संस्थानका अनुसार केयूले पहिले सत्तल मात्रै बनाउने जिम्मा लिएपनि २०७२ को विनाशकारी भूकम्पले मन्दिर भत्किएपछि यसको पुनर्निर्माण केयूलाई नै जिम्मा दिइएको हो ।


केयुले मन्दिर र सत्तलको पुनर्निर्माणको लागि १९ करोड रुपैयाँ बजेट छुट्याएको थियो । जसमध्ये केयुकै स्रोतबाट २ करोड र र १७ करोड विभिन्न निकायबाट सहयोग जुटाइएको थियो ।


हाल मन्दिर र सत्तलको पुनर्निर्माणमा ९ करोड रुपैयाँ खर्च भइसकेको छ । खर्च भएको रकममध्ये थाइल्याण्डबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत १० लाख ४९ हजार रकम पनि रहेको छ ।


मन्दिर पुनर्निर्माण भूकम्प गएको वर्ष २०७२ को माघबाट सुरु गरिएको थियो । विसं. १८८० मा रणबहादुर शाहको सम्झनामा उनकी श्रीमती ललित त्रिपुरा सुन्दरीले सो मन्दिर बनाएकी थिइन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD