७ बैशाख २०८१, शुक्रबार
Header

त्रिपुरेश्वरमा आधुनिक शौचालयको प्रमुख शाक्यद्धारा उदघाटन


प्रकाशित: शुक्रवार, २८ माघ २०७८, १३ः०० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले त्रिपुरेश्वस्थित बस स्टयाण्डमा आधुनिक शौचालयको उदघाटन गरेका छन । 


शुक्रवार विहान एक कार्यक्रमविच रिविन काटेर उक्त शौचालयको उद्घाटन गरेका हुन । प्रमुख शाक्यले कार्यक्रमलाई सम्बोधन गर्दै भने,‘ हिजो एउटा कन्सेप्ट थियो शौचालय चाहिन्छ तर मेरो घर अगाडी नहोस्, टाढा होस, गन्ध नआउने होस्, आज घना बस्ती, बस स्टपको विचमा हामीले बनाएका छौ, यसको उपयोगिताले अन्य वडाहरुलाई पनि प्रोत्साहन गर्दछ ।’


नयाँ कन्सेप्टले शौचालाय निर्माण गरिएको छ । ठाउँ सानो भएपनि यस शौचालयभित्र धेरै सेवा दिने गरी बनाइएको छ, महिलाहरुको लागि सेनेटरी प्याडाको व्यवस्था, हात धुने व्यवस्था, फोहरबाट ग्यासको व्यवस्था गर्ने गरी निर्माण गरिएको प्रमुख शाक्यले बताए । 

 


सो अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सहर प्रदुषण भएको प्रति चिन्ता व्यक्त गरेकी छिन । उनले अहिले महानगरमा पोल पोलमा पोष्टर टाँसेर सहर फोहर बनाएको बताईन । सिस्टमलाई व्यवस्थित गर्न सबैको साथ र सहयोग चाहिने भनाई राखिन । 


यस किसिमको आधुनिक शौचालय हरेक वडाहरुमा निर्माण गरिनु पर्नेमा उनले जोड दिँदै यस अघि १५ वडामा पनि यस्तै किसिमको शौचालय निर्माण भएको बताईन । 


एरोसन नेपालले निर्माण गरेको यस शौचालय प्रविधि मैत्री भएको एरोसनका कार्यकारी प्रमुख प्रकाश अमात्यले जानकारी दिए । 

 


अमात्यले भने,‘यो शौचालय पूर्ण रुपमा प्रविधिमैत्री रहेको छ, यहाँ महिला, पुरुष र अपांग मैत्री शौचालय निर्माण गरेका छौ, धारा, पानी सबै सेन्सर स्टिममा छ, अटोमेटिक बत्ति बल्ने, निभ्ने तथा वातवरणीय पक्षलाई व्यवस्थापन गर्न शौचालयभित्रै वायो ग्यास बनाएने सिस्टम तयार गरेका छौ ।’


काठमाडौं महानगरपालिका वडा ११ स्थित निर्माण गरिएको यस आधुनिक शौचालयका लागि स्थान व्यवस्थापनबारे वडा अध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए । उनले सो वडा भित्र खाली जग्गा रहेकोले पार्क निर्माणको लागि पनि तयार भईरहेको बताएका थिए ।


कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, कामपा ११ वडाका वडा सदस्यहरु तथा स्थानीयहरुको उपस्थिती रहेको थियो । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD