१६ चैत्र २०८०, शुक्रबार
Header

तोलामा ७ सयले सुनको मूल्यमा बृद्धि


प्रकाशित: आईतवार, १९ मंसिर २०७८, १ः४० बजे
- महानगरखवर

काठमाडौं । आईतवार सुनको मूल्यमा बृद्धि भएको छ ।


नेपाल सुन चाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ७ सयले बृद्धि भएको जनाएको छ । 


वृद्धिपछि आइतबार प्रतितोला छापावाल सुनको खरिद बिक्री मूल्य ९२ हजार पुगेको छ । शुक्रबार छापावल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० थियो ।


तेजाबी सुनको प्रतितोला कारोबार मूल्य ९१ हजार ५०० कायम भएको छ । आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ । शुक्रबार एक हजार १९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलामा एक हजार २०० रुपैयाँ तोकिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD