१४ बैशाख २०८१, शुक्रबार
Header

तोलामा ४ सयले बढ्यो सुनको मूल्य


प्रकाशित: आईतवार, ७ कातिक २०७८, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । आईतवार सुनको मूल्यमा बृद्धी भएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ४ सय रुपियाँले सुनको मूल्यमा बृद्धी भएको हो । सुनको कारोबार मूल्य प्रतितोला ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।


चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार २ सय ६० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 


अन्तराष्ट्रिय बजारमा केही दिनयता सुनको मूल्यमा सामान्य बृद्धि हुन थालेको छ जसले गर्दा यसको प्रभाव स्थानीय बजारमा परेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD