५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

तेह्रथुमको छथर गाउँपालिकाले बसाई सरी आउनेलाई ५ लाख अनुदान दिने


प्रकाशित: सोमबार, २१ साउन २०७५, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले बसाई सरी आउनेलाई ५ लाख अनुदान दिने नीति लिएको छ ।

 
गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको हो । गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा रु पाँच लाखसम्म अनुदान उपलब्ध गराउने भएको हो ।

 
ग्रामीण क्षेत्रमा सेवा सुविधाको अभाव भन्दै सर्वसाधारणको बसाइँ सरेर जाने क्रमलाई रोक्न गाउँपालिकाले विभिन्न कार्यक्रम बनाएको छ । 


गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले पूर्वाधार निर्माण, आवश्यक स्रोत साधन परिचालन, खानेपानी व्यवस्थापनलगायत योजनाले बसाइँसराइ रोक्ने गाउँपालिकाले नीति लिएको बताएका छन् । 


छथर गाउँपालिकाको जनसंख्या हाल १६ हजार ७५० मात्रै रहेको छ  । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex